खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशकी राज्यमन्त्री चौधरीले गरिन बोरिङ वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेका कृषक समुहलाई बोरिङ मेसिन वितरण गरिएको छ ।

नवनियुक्त सुदूरपश्चिम सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीको पहलमा प्रदेश सरकारबाट प्राप्त १५ वटा बोरिङ मेसिनहरु उक्त वडामा रहेका २ वटा कृषक समुहलाई वितरण गरिएको हो ।

attariya hospital

शुक्रबार एक अनौपचारीक कार्यक्रमका बिच राज्यमन्त्री चौधरीले रानाहोरी कृषक समुह र जंगली बंगुर पालन कृषक समुहका अध्यक्षलाई बोरिङ मेसिन हस्तान्तरण गरिन ।

मेसिन हस्तान्तरण पश्चात बोल्दै राज्यमन्त्री चौधरीले कृषिलाई मुख्य प्राथमिकतामा राखी आफुले किसानहरुको हकहितका लागी कार्य गर्दै आएको बताईन । प्रदेशका ७ जिल्लालाई खाद्यान्न पु¥याईरहेका कैलाली कञ्चनपुरका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन र कृषि कार्यप्रति अभिप्रेरित गर्न सामग्री वितरण गरेको उनले बताईन ।

navjiwan hospital

‘खाद्यान्नमा आत्मनिर्भर हुनलाई सिँचाई अनिवार्य चाहिन्छ’ उनले भनीन ‘किसानलाई सिँचाईमा सहजता होस भनेर सिचाँई बोरिङ वितरण गरिएको हो ।’

आफुपनि किसानको छोरी भएकाले आफुले किसानहरुका समस्याहरु नजिकबाट देखेको बताउदै उनले किसानहरुलाई व्यवसायीक रुपमा आत्मनिर्भर बनाउन आफुले सक्दो पहल गर्ने उनले बताईन ।

बोरिङ मेसिन पाएसँगै किसानहरु पनि खुसी भएका छन । जंगली बंगुर पालन कृषक समुहकी अध्यक्ष विमला चौधरीले प्राप्त सामग्रीले सिँचाईमा सहजता प्रदान गर्ने बताईन । उनले बोरिङ मेसिन सँगै बोर पनि उपलब्ध गराईदिए यहाँका किसानहरुलाई थप सहजता हुने बताईन ।

यसैगरी रानाहोरी कृषक समुहकी अध्यक्ष जानुका रानाले बोरिङ मेसिनले कृषिमा सिचाँईका लागी धेरै राहत दिने बताईन । हालसम्म अर्काको मेसिन भाडाँमा लिएर सिचाँई गर्दै आएकोमा अब भने आफ्नै बोरिङ मेसिनबाट सिचाँई गर्ने उनले बताईन ।

राज्यमन्त्री चौधरीले यस अघि पनि गोदावरी नगरपालिकाका विभिन्न वडाका किसानहरुलाई कृषि यन्त्रहरु वितरण गरेकी थिईन ।