खाेज्नुहाेस

सुदूरपश्चिममा १०८८ नमूना परिक्षण गर्दा ४९ कोरोना संक्रमित थपिए 

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८ नमूनाको कोरोना परिक्षण गर्दा ४९ संक्रमित थपिएका हुन ।

जसमा पिसिआर बिधिबाट १ सय ६७ नमूनाको परिक्षण गर्दा ३२ जना र एन्टीजेन बिधिबाट ९ सय २१ नमूनाको कोरोना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital
navjiwan hospital

यो संगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४३ हजार ७ सय ७४ पुगेको छ । जसमध्ये ३४ हजार ९ सय ३ जनाले कोरोना जितेका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७० रहेको छ ।