अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५ नमूनाको कोरोना परिक्षण गरिएकोमा १९ संक्रमित थपिएका हुन ।

बुधबार सेतीमा ९२ नमूनाको कोरोना परिक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन ।
उनका अनुसार हाल अस्पतालमा २१ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।
उनका अनुसार हाल अस्पतालमा २१ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।
जसमध्ये ५ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । सेतीमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको अस्पतालले जनाएको छ ।


















