खाेज्नुहाेस

मधुमेहका रोगीले पिउन मिल्छ यी जुस

Image

काठमाडौँ । मधुमेह भएका व्यक्तिले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ । फलफूलको जुसमा फाइबर कम हुन्छ अनि प्राकृतिक चिनीको मात्रा तुलनात्मक रूपमा बढी हुने भएकाले जुस पिउँदा पनि ध्यान दिन आवश्यक हुन्छ । तर सबै प्रकारका जुस मधुमेहका बिरामीका लागि उपयुक्त हुँदैनन् । धेरै फलफूलको जुसले रगतमा चिनीको मात्रा छिट्टै बढाउन सक्छ ।

कम ग्लाइसेमिक इन्डेक्स कम भएका केही फलफूल तथा तरकारीबाट बनेका जुस चाहिँ सीमित मात्रामा सेवन गर्न सकिन्छ । आजको यस लेखमा हामी मधुमेहका रोगीले पिउन मिल्ने केही खाले जुसको बारेमा कुराकानी गर्नेछौं ।

attariya hospital

करेलाको जुस

मधुमेह भएका व्यक्तिका लागि करेलाको जुस राम्रो विकल्प मानिन्छ । यसमा रहेका केही सक्रिय तत्त्वले इन्सुलिनजस्तै काम गर्न सहयोग गर्न सक्ने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न केही मद्दत पुग्न सक्ने चिकित्सकको भनाइ छ ।

navjiwan hospital

अमलाको जुस

मधुमेहका बिरामीले सीमित मात्रामा पिउन सक्ने जुस अमलाको जुस पनि हो । यसमा भरपूर मात्रामा भिटामिन सी तथा एन्टिअक्सिडेन्ट पाइन्छन्, जसले शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन सहयोग गर्न सक्छ ।

गोलभेँडाको जुस

गोलभेँडाको जुसमा चिनीको मात्रा कम हुने भएकाले मधुमेह भएका व्यक्तिका लागि यो अर्को विकल्प हुन सक्छ । यसमा लाइकोपिनजस्ता एन्टिअक्सिडेन्ट पाइन्छन्, जुन मुटुको स्वास्थ्यका लागि उपयोगी हुन सक्छ । मधुमेह भएका व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम बढी हुने भएकाले गोलभेँडाको जुस उनीहरूका लागि राम्रो विकल्प हुन सक्छ ।
तर मधुमेहका बिरामीले केही जुस पिउनै हुँदैन । यस्ता व्यक्तिे प्याकेटमा पाइने फलफूलका जुसबाट सकेसम्म जोगिनुपर्छ । त्यस्तै, सुन्तला, आँप र अंगुरको जुस धेरै मात्रामा सेवन गर्नु उपयुक्त मानिँदैन । जुसमा चिनी थपेर त झनै पिउनु हुँदैन ।

अस्वीकरणः यो सामाग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतका आधारमा तयार पारिएको हो । यसको पालना गर्नु अघि एक पटक डाक्टरसँग परामर्श गर्नुहोला ।