खाेज्नुहाेस

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा

Image

काठमाण्डौं –  हेलो सरकारमा गत आर्थिक वर्ष २०८२–८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा १६ हजार ५ सय ६८ गुनासा प्राप्त भएकामा आव २०८२–८३ मा बढेर ६९ हजार ७ सय २४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १ सय ५६ गुनासा थपिएका छन् ।

उपसचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको उल्लेख गर्दै यो सरकारप्रतिको विश्वास र भरोसा भएको उल्लेख गरे । सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा बढेको उनको भनाइ छ ।

attariya hospital

पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा हेलो सरकारमा एक लाख २४ हजार ५ सय ८१ गुनासा दर्ता भएका छन् । तीमध्ये २०८२–८३ मा मात्रै ६९ हजार ७ सय २४ गुनासा प्राप्त भएका छन् । जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशतले बढी हो ।

आव २०७८–७९ देखि २०८१–८२ सम्म चार वटा आर्थिक वर्षमा कुल ५४ हजार ८ सय ५७ गुनासा प्राप्त भएका थिए भने गत आवमा मात्रै ६९ हजार ७ सय २४ वटा गुनासा प्राप्त भएका छन् ।

navjiwan hospital

तीन महिनामा ५० हजारभन्दा बढी गुनासा

हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १ सय ७७ गुनासाको समाधान गरिएको छ ।

हेलो सरकारका उपसचिव सापकोटाका अनुसार तीन महिनामा प्राप्त गुनासामध्ये १८ हजार ५ सय ४२ गुनासा फर्छ्यौट गरिएको छ भने ५ सय ४७ गुनासा नहेरिएको अवस्थामा छन् ।

त्यस्तै, एक हजार ६ सय ४२ गुनासा हेरिएका, एक हजार ३ सय २७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका–नहेरिएका तथा दुई हजार ४ सय ४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका रहेका छन् । यस्तै, हेलो सरकारको टोल–फ्री सेवामार्फत ५० हजार १ सय ९६ वटा फोन कल प्राप्त भएकामा ४० हजार १६ वटा कलको सम्बोधन गरिएको जनाइएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनको १ देखि १८ गतेसम्म मात्रै नौ हजार ६ सय १० वटा गुनासा प्राप्त भएका छन् । जसमध्ये छ हजार ६ सय १ वटा गुनासा फछर्यौट भएका छन् । हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको सङ्ख्या भने यसमा समावेश नगरिएको उल्लेख गरेको छ ।