खाेज्नुहाेस

धनगढीकी युवती काठमाडौँको होटलमा मृत फेला

Image

काठमाडौँ – काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ । नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५÷३० वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

navjiwan hospital

प्रहरीका अनुसार सुनुवार कैलालीको धनगढी नगरपालिका –७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

attariya hospital

सुनुवारको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । सुनुवारको सनाखत गर्न अहिलेसम्म कुनै पनि आफन्त सम्पर्कमा नआएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।