काठमाडौं – चार पूर्वप्रधानमन्त्री आइतबार (असार १४) एउटै मञ्चमा देखिएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा यी चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका हुन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी आयोजना गरिएको छ । यस विषयमा बोल्न चार पूर्वप्रधानमन्त्री एकैसाथ देखिनुलाई राजनीतिकवृत्तमा चासोका साथ हेरिएको छ ।



















