खाेज्नुहाेस

बझाङमा लागूऔषधसहित दुई जना पक्राउ

Image
file photo

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारस्थित एक होटलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति अनिल होटलको कोठाबाट ८०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका हुन ।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिका–१ बस्ने १८ वर्षीय एक किशोर र जयपृथ्वी नगरपालिका–१० बस्ने २२ वर्षीय प्रकाश श्रेष्ठ रहेको जिल्ल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट झोताबाट खटिएको प्रहरी टोलीले होटलको कोठामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।