खाेज्नुहाेस

आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा

Image

दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता भएको आशंकापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संस्थाको लैनचौरस्थित केन्द्रीय कार्यालयमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

navjiwan hospital

बुधबार पुगेको सीआईबी टोलीले अनुसन्धानका क्रममा केही कर्मचारीसँग सम्बन्धित सामग्री संकलन गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका लागि पाँच कर्मचारीका मोबाइल उपकरण नियन्त्रणमा लिइएको तथा दूध खरिद–बिक्रीसँग सम्बन्धित केही कागजात पनि अध्ययनका लागि संकलन गरिएको बताइएको छ।

attariya hospital

स्रोतका अनुसार अनुसन्धान टोलीले कार्यालयमा पुगेर आवश्यक विवरण र अभिलेखको परीक्षण गरेको थियो। घटनासम्बन्धी थप तथ्य संकलन गर्ने काम जारी रहेको जानकारी प्राप्त भएको छ।

यसैबीच, अनुसन्धान टोली कार्यालय पुगेका बेला डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे कार्यालयमा उपस्थित नरहेको बताइएको छ। उनले आफू मन्त्रालयको काममा रहेको र कागजात संकलन गरिएको जानकारीपछि घटनाबारे थप बुझ्ने क्रममा रहेको प्रतिक्रिया दिएका छन्।