खाेज्नुहाेस

आज सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने

Image

सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ । गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिन झन् तातो हुने पूर्वानुमान गरेको हो ।  महाशाखाले शुक्रबार  साँझ विशेष बुलेटिन जारी गरेर सतर्क रहन भनेको छ ।

navjiwan hospital

महाशाखाका मौसमविदका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाको तुलनामा बढी गर्मी हुने भएकाले सतर्क रहन भनिएको छ ।

attariya hospital

यसैगरी बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि आगामी दिन गर्मी बढ्ने भएकाले त्यहाँका बासिन्दालाई पनि गर्मीको अवस्थाबारे अध्यावधिक जानकारी लिँदै सतर्क रहन भनिएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा यही जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ