खाेज्नुहाेस

सुनचाँदीकाे मूल्यमा भारी गिरावट

Image
file photo

काठमाडौँ – नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा तीन हजार तीन सय र चाँदीको एक सय २५ रुपैयाँ घटेको हो ।

navjiwan hospital

मूल्य घटेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

attariya hospital

यता, मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार नौ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।