खाेज्नुहाेस

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन

Image

काठमाडौं – प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ। आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।

navjiwan hospital

अनुमोदन भएपछि अब उनको नाम राष्ट्रपति समक्ष सिफारिस हुनेछ। मंगलबार बिहानबाट बसेको समितिको बैठकले एकैदिन १६ वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशमाथि पनि छलफल गरेको थियो ।

attariya hospital

वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए।