काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।

सर सरकारले पुनर्विचार नगरिकनै सोही अध्यादेश हुबहु सोमबारको मन्त्रिपरिषद बैठकबाट जारी गर्न पुन: सिफारिस गरेको थियो ।
राष्ट्रपतिले आज भने सो अध्यादेश जारी गरेका छन् ।


















