बझाङ – बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ परेका छन । जयपृथ्वी नगरपालिका – १० जिपपार्कमा शुक्लाफाँटा नगरपालिका – ९ का ३२ वर्षीय पंकज चौधरीले चलाएको सुपप्र ००१ क २५५२ नम्बरको मिनि ट्रक भित्र रहेको ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा चालक चौधरी सहित ट्रक साहु बैतडीको पाटन नगरपालिका – २ का २१ वर्षीय हेमराज पाण्डेय रहेको छन ।

उनीहरुलाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको थियो । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले टोलीले उक्त ट्रक चेकजाँच गर्दा नक्कली खुकुरी चुरोट फेला पारि ट्रक, नक्कली चुरोट, ट्रक चालक र ट्रक साहु सहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।


















