खाेज्नुहाेस

प्रहरी कार्यालयकाे भवन निर्माणका लागि जग खन्ने क्रममा बम फेला

Image

सल्यानको जिल्ला प्रहरी कार्यालय परिसरभित्र बम फेला परेका छन् । बुधबार शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन गरिएको थियो ।

attariya hospital
navjiwan hospital

उनले नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले थप उत्खनन गर्दा ८६ थान बम फेला परेको जानकारी दिए । उनका अनुसार ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेका छन् ।

केसीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको बताए ।

फेला परेका बमलाई नेपाली सेनाको प्राविधिक टोलीले सुरक्षितरुपमा डिस्पोज गर्ने कार्य थालेको केसीले जानकारी दिए । फेला परेका विष्फोटक सामग्री तत्कालिन १० वर्षे जनयुद्धका दौरानमा नेकपा माओवादीबाट बरामद गरी राखिएको हुनसक्ने प्रहरी प्रमुख केसीले जानरकारी दिए ।