बझाङ – बझाङमा पानीको खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । वित्थडचिर गाउँपालिका–१ माथिल्लो वित्थड क्षेत्रमा घर निर्माण गर्न खनिएको खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय गगन बोहराका पाँच वर्षीय छोरा जेनिस र सन्तोष बोहराकी छ वर्षीया छोरी प्रिन्सा बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू खेल्ने क्रममा खाल्डोमा परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















