खाेज्नुहाेस

खाद्य तथा दाना उद्योगको अनलाइन अनुमति प्रणाली सञ्चालनमा

Image

सरकारले खाद्य तथा दाना उद्योगहरूको अनुमतिपत्र अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था लागू गरेको छ। सोही क्रममा उद्योग विभागले ट्रेडमार्क दर्ता गर्दा मौलिक सिर्जनामा आधारित हुनुपर्ने र निश्चित विषयवस्तु समावेश भएमा दर्ता प्रक्रिया अगाडि नबढाउने स्पष्ट पारेको छ।

navjiwan hospital

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली’ (NeFFILS) सञ्चालनमा ल्याएको हो। यस प्रणालीमार्फत उद्योग स्थापनाको सिफारिस, नयाँ अनुमतिपत्र प्राप्ति, नवीकरण, उत्पादन थप तथा अनुमतिपत्र खारेजीसम्बन्धी सेवा अनलाइन लिन सकिने विभागले जनाएको छ।

attariya hospital

विभागका अनुसार समयको बचत र सुशासन प्रवर्द्धनका लागि सम्पूर्ण सेवाग्राहीलाई यस अनलाइन प्रणालीबाट सेवा लिन अनुरोध गरिएको छ। सेवा लिनको लागि https://neffils.dftqc.gov.np मा गई राजस्व तिर्नुपर्ने र प्रयोगकर्ता निर्देशिका हेर्नसमेत सूचनामा उल्लेख छ। थप जानकारीका लागि विभागको बबरमहलस्थित कार्यालय वा फोन नं. ०१-५३६२३६६, इमेल [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ र ट्रेडमार्क निर्देशिका, २०७२ अनुसूची ५ बमोजिम निम्नलिखित विषयवस्तु समावेश भएको आवेदन दर्ता प्रक्रियामा नलिने स्पष्ट पारेको छ: