खाेज्नुहाेस

सुदूरपश्चिमका ७ जिल्लामा खेलकुदका अध्यक्ष नियुक्त

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका सात जिल्लाका जिल्ला खेलकुद समितिहरूमा नयाँ अध्यक्ष मनोनयन गरिएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

navjiwan hospital

परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको छ ।

attariya hospital

नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिइएको छ। यसअघि नै डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेकाले ती जिल्लाका अध्यक्षहरूको कार्यकाल भने अझै बाँकी रहेको परिषद्ले जनाएको छ ।