खाेज्नुहाेस

गृहमन्त्रीलाई रक्षा बमको प्रश्न– गरिब हुनु अपराध हो ?

Image

सम्पत्ति विवरणमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति जेनजी अगुवा रक्षा बमले प्रश्न उठाएकी छन् । गृहमन्त्री गुरुङले ‘गरिब भएर जन्मिनु गल्ती नभएको तर मर्दा गरिब भएर मर्नु गल्ती’ हुने अभिव्यक्ति दिएका थिए । त्यसमा बमले प्रश्न उठाएकी हुन् ।

navjiwan hospital

‘जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो । आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ?’, रक्षाले भनेकी छन्, ‘आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो । बेलैमा सचिनुस् ।’

attariya hospital

आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न नमिल्ने उनको भनाइ छ । आज पनि देशमा २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेका र गृहमन्त्री गुरुङजस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको रक्षाले स्मरण गराएकी छन् ।

‘गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ । जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ’, रक्षाले भनेकी छन् ।