खाेज्नुहाेस

हाजिरी जमानीमा छुटे बले

Image

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा छुटेका छन् । शुक्रबार साँझ लम्साललाई परिवारको जिम्मामा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

navjiwan hospital

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गत शनिबार बिहान पक्राउ गरेको थियो ।

attariya hospital

गत शुक्रबार बिहान अमेरिकामा बस्दै आएकी एक युवतीले उनीविरूद्ध बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तर, उनीविरूद्ध जबरजस्ती करणी कसुरमा परेको थिएन । लम्साललाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।