खाेज्नुहाेस

गेटामा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न अनुमति माग

Image

धनगढी – कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि विश्वविद्यालयले शैक्षिक जनशक्ति पदपूर्ति प्रक्रिया अगाडि बढाउनुका साथै चिकित्सा शिक्षा आयोगसँग पठनपाठनको अनुमति मागेको छ । शैक्षिक कार्यक्रम सुरु गर्न चिकित्सा शिक्षा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

navjiwan hospital

एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्रीको पठनपाठन सुरु गर्ने तयारी भइरहेको विश्वविद्यालयका रजिस्ट्रार डा. खेमराज जोशीले जानकारी दिए । शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न दरखास्त आह्वान गरेको विश्वविद्यालयले आगामी महिना जनशक्ति छनोट प्रक्रिया सुरु गरिने जनाएको छ ।

attariya hospital

गेटामा अहिले सञ्चालनमा रहेको ५० शङ्ढयाको अस्पताललाई तीन सय शङ्ढयाको शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न प्रस्ताव पनि गरिएको जोशीले बताए ।

अस्पताल र शैक्षिक कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालय हुँदै अर्थ मन्त्रालयसँग आगामी वर्षका लागि दुई अर्ब ५८ करोड बजेट माग गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । बजेट मागसम्बन्धी प्रस्ताव शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको बताइएको छ ।