धनगढी– धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरुले मंगलबार पदभाहार ग्रहण गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षमा बलराम जैशी भट्ट, सदस्यहरु दिनेशराज भट्ट, निरन्जन शाह र सरिता कुमारी चौधरीले पदभारग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सेती प्रादेशिक अस्पतालको सगग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताए ।
‘यहाँ लाईनका समस्या बिरामीले खेप्नु पर्ने झन्झटीलोका कुरा छन्’ उनले भने ‘यस्लाई अध्ययन गरेर समाधानको बाटोमा अग्रसर हुन्छु ।’ सबैको सही सुझावको कार्यान्वयन गर्नका लागि आफ्नो पहिलो रोजाइमा पर्ने उनको भनाइ छ ।



















