खाेज्नुहाेस

अत्तरियामा रहेको जनकल्याण सेकेण्डरी स्कुलको वार्षिकोत्सव सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा अवस्थित जनकल्याण सेकेन्डरी स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच स्कुलको २८औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

navjiwan hospital

कार्यक्रमको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले उद्घाटन गरेक थिए । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया लगायत विद्यालयका कर्मचारी, विद्यार्थी, अभिभावक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

attariya hospital

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिईन ।