खाेज्नुहाेस

गौरीगंगा – ६ मा कांग्रेसका क्रियाशिल सदस्य सहित २८ जना एमालेमा प्रवेश

Image

अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिका–६ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य सहित २८ जना नेकपा एमालेमा प्रवेश गरेका छन । सोमबार कांग्रेसका क्रियाशिल सदस्य बहादुर नेपाली सहितका २८ जना नेकपा एमालेमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेकपा एमालेका उपमहासचिव एवम् कैलाली क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्टले पार्टी प्रवेश गराएका छन ।

attariya hospital
navjiwan hospital

कांग्रेसका क्रियाशिल सदस्य नेपालीको नेतृत्वमा कांग्रेसप्रति आस्थावान २८ जना एमालेमा प्रवेश गरेको नेकपा एमालेका कैलाली क्षेत्र नं. ४ का संयोजक गणेश जिमि साउँदले बताए ।

उनका अनुसार एमाले प्रवेश गर्नेहरुमा बहादुर नेपाली सहित मनराम नेपाली, डम्बर नेपाली, गोपी नेपाली, रञ्जित नेपाली, शंकर नेपाली (क), भिम नेपाली, कैलाश नेपाली, हरि नेपाली र बिर्ख नेपाली रहेका छन । यस्तै हंश नेपाली, गोपी नेपाली, सुइले नेपाली, चन्द्र नेपाली, शंकर नेपाली (ख), लाल नेपाली, शारदा नेपाली, चम्फा नेपाली, लक्ष्मी नेपाली, दुर्गा नेपाली, काली नेपाली (क), सुनिता नेपाली, लाली नेपाली, काली नेपाली (ख), फुगी नेपाली, मन्धरी नेपाली, माखी नेपाली र सुन्तली नेपालीले पनि एमाले प्रवेश गरेको उनले बताए ।

पुख्र्याैली घर अछामको चौरपाटी गाउँपालिका– २ सोकट भएका उनिहरुलाई भट्टले टीका र खादा लगाएर पार्टी प्रवेश गराएको साउँदले बताए ।