खाेज्नुहाेस

अत्तरियामा शिवजयन्तीको अवसरमा स्नेह मिलन कार्यक्रम आयोजना, केक काटियो

Image

अत्तरिया– कैलालीको अत्तरियामा शिवजयन्तीको अवसरमा स्नेह मिलन कार्यक्रमको आयोजना गरिएको छ । अत्तरियामा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले शिवजयन्तीको अवसर पारी शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयकी सञ्चालीत ब्रम्हकुमारी रबिनाको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिईन । कार्यक्रममा बोल्दै देवकोटाले स्नेह मिलन कार्यक्रमले सबैलाई एकआपसमा जोड्ने काम गरेको बताईन ।

attariya hospital
navjiwan hospital

उनले धार्मिक कार्यक्रमहरुले आपसी भाईचाराको सम्बन्ध बलियो बनाउने र एकअर्काबिचको मनमुटावलाई मेटाउने काम गर्ने बताईन । उनले मनमा नराम्रो सोचेर र बाहिरी देखावटी रुपमा धर्म गर्न खोजेर भगवान प्राप्त नहुने बताईन । धर्मकर्म कमाउनका लागि आफ्नो मन शुद्ध गर्न जरुरी हुने समेत बताईन । उनले ब्रम्हाकुमारी ईश्वरिय विश्वविद्यालयले विगतदेखी नै यस्ता कार्यक्रमहरु गरी यहाँका दाजुभाई दिदीबहिनीहरुलाई एक आपसमा मेलमिलापको भावना राख्न प्रेरित गरिरहेको बताईन । उनले विद्यालयको आश्रमलाई व्यवस्थीत गर्न जरुरी रहेको र त्यसका लागि आफू प्रयत्नरत रहेको बताईन ।

कार्यक्रममा भजनकृतन, नाचगान तथा धार्मिक प्रवचन लगायतका क्रियाकलापहरु गरिएका थिए । विश्वविद्यालयकी सञ्चालीका ब्रम्हकुमारी रबिनाले विश्वविद्यालयले प्रत्येक वर्ष भगवान शिवको पुजाआजा गरी पर्व मनाउने गरेको बताईन । उनले शिव जन्मेको पावन अवसरमा मिठो मसिनो खाई, स्वच्छ मनका साथ सबैले एक आपसमा माया साटासाट गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईन ।

शिवरात्रीमा युवाहरु गाँजा, भाङ, धतुरो खाने लगायतका नराम्रा गतिविधी गर्ने गरेको बताउदै उनले त्यसको अन्त्य गर्न जरुरी रहेको समेत बताईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै धार्मिक आस्था राख्ने स्थानियहरुको सहभागीता रहेको थियो । कार्यक्रममा शिवजयन्तीको अवसरमा केक काटिएको थियो भने शिवध्वजारोहण पनि गरिएको थियो । त्यसबाहेक पहिलो पटक विद्यालयमा भगवान शिवको मुर्ति राखिएको थियो । जसको अनावरण शिवरात्री पर्वकै अवसरमा आयोजित कार्यक्रममा गरिएको थियो ।