खाेज्नुहाेस

स्वास्थ्यमन्त्री गौतमद्धारा डडेल्धुरा अस्पतालको अनुगमन

Image

डडेल्धुरा— स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले डडेल्धुरा अस्पतालको अनुगमन गरेकी छन । आईतबार संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको मन्त्री गौतमले अनुगमन गरेकी हुन ।

navjiwan hospital

अनुगमनका क्रममा उनले अस्पतालको सेवा, पूर्वाधार र जनशक्ति व्यवस्थापन तथा गुणस्तर लगायतका विषयका जानकारी लिएकी थिईन । मन्त्री गौतमले अस्पतालको स्तरोन्नतिमा सरकार प्रतिबद्ध रहेको बताईन । उनले अस्पतालको स्तरोन्नति र विकासका लागि अझै धेरै बाँकी रहेको बताईन ।

attariya hospital

मन्त्री गौतमले डडेल्धुरा अस्पतालमा तीन सय शय्याको मेडिकल कलेज स्थापना गर्न पहल गरिने जानकारी दिइन् । वर्तमान सरकार चुनावी सरकार भएको उल्लेख गर्दै उनले अबको सीमित समयभित्र सकिने काम प्राथमिकताका साथ अघि बढाइने बताइन् । अस्पतालको जनशक्ति समस्यालाई सम्बोधन गर्न संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृतिको प्रक्रिया मन्त्रालयबाट अघि बढाइने र यो स्वीकृत भएपछि दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुने उनले बताइन् । साथै तत्कालका लागि डडेल्धुरा अस्पतालबाट अन्यत्र खटाइएका जनशक्ति फिर्ता ल्याउन सकिने अवस्था भए मन्त्रालयले त्यसमा पनि पहल गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री गौतमले अहिले अस्पतालबाट प्रदान भइरहेका सेवाहरूलाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री ढंगले सञ्चालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् । संघीय अस्पतालको हैसियत अनुसार सेवा विस्तार, गुणस्तर सुधार र पूर्वाधार विकासमा सरकार गम्भीर रहेको उनको भनाई थियो ।