
बैतडी– बैतडीमा विधुतिय हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ः३० बजे जिल्लाको दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक सुपप्र०२ ००१ज ०६२४ नम्बरको उक्त विद्युतीय सवारी हाइस दुर्घटना हुँदा घाईते भएका चालक मदन ठगुन्नाको मृत्यु भएको हो ।
सोही पालिकाको वडा नं. ५ का २५ वर्षिय ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । मृतकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ । दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

















