मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजदेखि सुरु भएको छ । भारत र श्रीलंकामा संयुक्त रुपमा दुवै देशको आयोजनामा विश्वकप सुरु भएको हो ।

आज उद्घाटन खेल नेदरल्यान्ड्स र पाकिस्तानबिच श्रीलंकाको कोलम्बोमा भैरहेको छ । जसमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेदरल्याण्ड्स मैदानमा उत्रिएका छन् ।

श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोट्र्स क्लब क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले सुरुमा ब्याटिङ गरेको छ । यस संस्करण दुवै टोली प्रतियोगिताको समूह ‘ए’मा छन् ।
यो समूहमा उनीहरूसँगै भारत, नामिबिया र अमेरिका छन् । विश्वकपमा आज नै दोस्रो खेल वेस्ट इन्डिज र स्कटल्यान्ड बिच भारतको कोलकातामा हुनेछ । त्यस्तै आजै अमेरिका र भारत बिच मुम्बईमा तेस्रो खेल पनि हुनेछ ।




















