काठमाण्डौ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी नेपालका तर्फबाट लगातार ३ वटा विश्वकप खेल्ने एक मात्रै खेलाडी बनेका छन । उनी नेपालले खेलेका तीनै विश्वकप प्रतिस्पर्धामा ओर्लिने एक्लो नेपाली खेलाडी हुन ।

भारतबाट फर्किएको एक वर्षभित्रै सोमपाल नेपाली टोलीमा समेटिँदै बंगलादेशमा २०१४ को विश्वकप खेलेका थिए । त्यसपछि नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्न १० वर्ष लाग्यो । दुई वर्षअघि २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेल्दा नेपालले खेलेको पछिल्लो ट्वान्टी–२० विश्वकप खेल्ने सोमपाल मात्र थिए । अहिले उनी नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् ।

सन् २०२४ को विश्वकप यात्रा नेपालका लागि निकै भावनात्मक रहेको सोमपाल सुनाउँछन् । सोमपाल लगातार तेस्रो पटक लगत्तै सुरु हुन लागेको टि– २० विश्वकपमा नेपालका तर्फबाट खेल्दै छन । उनि नेपालले पहिलो पटक सन २०१४ मा विश्वकप खेल्दा पनि टिमको हिस्सा थिए । त्यसपछि सन २०२४ मा भएको विश्वकपमा पनि नेपाली क्रिकेट टोलीमा सोमपाल महत्वपुर्ण खेलाडीका रुपमा सहभागि थिए ।




















