
धनगढी– धनगढीमा रहेको सिद्धार्थ बिजनेस ग्रुपले जिल्ला प्रहरी कार्यालय धनगढीलाई प्रहरी विट हस्तान्तरण गरेको छ । ग्रुपको २८औँ वार्षिकोत्सवको अवसरमा प्रहरी कार्यालयलाई एक थान प्रहरी बिट हस्तान्तरण गरिएको हो ।
ग्रुपका रिजनल एक्जुकेटिभ डाइरेक्टर केशव न्यौपानेले सुरक्षा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले प्रहरी बिट निर्माण गरि हस्तान्तरण गरिएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत ग्रुपका तर्फबाट वार्षिकोत्सवका अवसरमा उक्त कार्य गरिएको बताए । उनले निजी क्षेत्र र सुरक्षाकर्मीबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।





















