
धनगढी– धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन । बिहिबार जिल्लाको धनगढी उपमहानगरपालिका– ४ बस्ने ३५ वर्षिय सुरेश बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कैलालीले कृते मुद्धामा १ वर्ष कैद सजाय र १ हजार रुपैया जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।




















