खाेज्नुहाेस

गोदावरीमा १४ सय किशोरीलाई एचपीभी खोप लगाइने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका १ हजार ४०७ बालबालिकालाई ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान अन्तरगत सो सङ्ख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थले यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरी खोप लगाइने बताए ।

navjiwan hospital

उनले कक्षा ६ मा पढ्ने, गत वर्ष ११ देखि १४ वर्ष उमेरका खोप नपाएका, स्कुलमा नजाने खोप नपाएका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने उनले बताए । उनले यो खोप एक पटक मात्रै लगाइने भएकाले गत वर्ष लगाएकालाई लगाउन आवश्यक नभएको बताए । गत वर्ष नगरपालिकाले करिब ६ हजार ६ सय ६४ किशोरी खोप लगाएको थियो । १० देखि १४ वर्ष उमेर समूहका कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइएको थियो ।

attariya hospital

अब यो उमेर समूहमा प्रवेश गरेकालाई खोप लगाइने छ । खोप लगाउनका लागि ६२ वटा केन्द्र तोकिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । खोप लगाउनका लागि आवश्यक तयारी भइरहेको उनले बताए । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ ।

जसमध्ये हरेक वर्ष १ हजार ३१३ जना महिलाको मृत्यु हुने अनुमान छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो कारण रहेको भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसको कारण हुने र, यसका २ सय प्रजाति भए पनि १६ र १८ बढी जोखिममा रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।