खाेज्नुहाेस

बैतडीमा निर्वाचनका लागि ढाई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

Image

बैतडी– बैतडीमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ढाई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाका लागि जिल्लाभर करिब २ हजार ६०० सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।

navjiwan hospital

जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा निर्वाचन प्रहरी गरी २ हजार ५९० सुरक्षाकर्मी खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । आवश्यकता अनुसार सुरक्षाकर्मीको संख्या थपघट गर्न सकिने उनले बताए । निर्वाचनलक्षित बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी छनोट भइसकेका छन् ।

attariya hospital

उनीहरूका लागि हाल आधारभूत तालिम सञ्चालन भइरहेको छ, जसले मतदान स्थलको सुरक्षालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । सुरक्षा रणनीति अन्तर्गत नेपाली सेनाले पाटन, खोड्पे र शिवनाथको सुल्लेखानमा सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यस्तै पाटन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस पनि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।