खाेज्नुहाेस

अत्तरियाका व्यवसायी महताद्धारा ज्येष्ठ नागरिकहरुलाई खाजा सहयोग

Image

अत्तरिया– कैलालीको अत्तरियाका व्यवसायी पुर्ण सिँ महताले गोदावरी ज्येष्ठ नागरिक समाजमा आवद्ध ज्येष्ठ नागरिकहरुलाई खाजा सहयोग गरेका छन । अत्तरियामा रहेको भुवन स्विट हाउसका सञ्चालक महताले आईतबार ज्येष्ठ नागरिक समाजमा आवद्ध ६५ जना ज्येष्ठ नागरिकहरुलाई खाजा सहयोग गरेका हुन ।

navjiwan hospital

गोदावरी ज्येष्ठ नागरिक समाजले आईतबार पुष शुक्ल पुर्णिमा देखी आयोजना गरेको स्वस्थानी पुजाको समापन गरेको थियो । स्वस्थानी पुजाको समापनको अवसर पारी आफूले गोदावरी ज्येष्ठ नागरिक समाजमा रहेको ज्येष्ठ नागरिकहरुलाई खाजा सहयोग गरेको महताले बताए ।

attariya hospital

गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले समाजले एक महिना सम्म स्वस्थानी पुजा लगाएको बताए । उनले सो पुजाको आईतबार समापन गरिएको बताए । उनले गोदावरी ज्येष्ठ नागरिक समाजलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेको बताए । विभिन्न व्यक्तिहरुको सहयोगमा अर्का सहयोगी थपिएको उनले बताए ।

‘हामीलाई विभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको छ’ उनले भने ‘सहयोगी दाताहरुको सुचीमा उहाँ (महता) पनि थपिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ उनले ज्येष्ठ नागरिक समाजमा रहेका ज्येष्ठ नागरिकहरुका लागि आगामी दिनमा पनि सहयोग आउने कुरामा आफू विस्वस्त रहेको बताए ।