खाेज्नुहाेस

गोदावरीबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरीबाट बहुविवाह मुद्दाका फरार रहेका २ जना प्रतिवादी ५ वर्षपछि पक्राउ परेका छन । जिल्ला अदालत डोटीले २०७७ पुस २८ गते बहुविवाह मुद्दामा ११ महिना २१ दिन कैद सजाय तेकिएका डोटीको पुर्वीचौकी गाउँपालिका – १ फुलौटका ३२ वर्षीय देव बहादुर ऐर र २६ वर्षीय जानकी चयडा पक्राउ परेका हुन ।

उनलाई शुक्रबार गोदावरी नगरपालिका – ९ वल्मीमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

attariya hospital