खाेज्नुहाेस

अत्तरियामा म्युजिकल ड्रिल प्रतियोगिता आयोजना, सत्यवती प्रथम

Image

अत्तरिया– कैलालिको अत्तरियामा रहेको किड्स जोन एकेडेमीले म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको छ । किड्स जोनले सहिद दिवसको अवसर पारी शुक्रबार अन्तरविद्यालय स्तरिय म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको हो ।

एक दिने उक्त प्रतियोगितामा अत्तरियामा रहेका विभिन्न विद्यालयहरुको सहभागिता रहेको थियो । जसमा विद्यालयका विद्यार्थीहरुले देशभक्ती गीतमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम भएको किड्स जोन एकेडेमीका सञ्चालक मदन जोशीले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा खप्तड विद्या निकेतनले दोस्रो र लोटस आई माविले तृतिय स्थान प्राप्त गरेको थियो ।

attariya hospital
navjiwan hospital

विजेता स्कुललाइ एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ । प्रथम स्थान हासिल गरेको सत्यवतीले नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गरेको खप्तडले नगद रु. ६ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थान हासिल गरेको लोटस आई माविलाई भने नगद रु. ४ हजार सहित ट्रफी र प्रमाणपत्र दिईएको विद्यालयका सञ्चालन जोशीले जानकारी दिए ।

प्रतियोगितामा १० वटा विद्यालयहरु सहभागि रहेको उनले बताए । जसमा आयोजक विद्यालय भने सहभागी रहेको थिएन । विद्यार्थीहरुमा अनुशासन, समन्वय, राष्ट्रप्रेम र टिमवर्कको भावना जागरुक गराउन उक्त प्रतियोगिता आयोजना गरिएको जोशीको भनाई छ । उनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा सबल बनाउन प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

किड्स जोनले प्रत्येक वर्ष सहिद दिवसको अवसरमा म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । विद्यार्थीहरुलाई राष्ट्रप्रतिको भावना जागरुक गराउन पनि प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आईरहेको जोशीले बताए ।