खाेज्नुहाेस

हटेनन् छाडा चौपायाका दुःख

Image

कमला सापकोटा, अत्तरिया – कैलालीमा अझै पनि छाडा चौपायाको समस्या हट्न सकेको छैन । किसानका खेतबारी देखि व्यवसाय स्थल, सडकमा यत्रतत्र रहेका छाडा चौपायाको व्यवस्थापन हुन नसक्दा स्थानीयले दुःख भोग्न बाध्य छन् ।

अत्तरियाकी व्यवसायी रूपा देवी सापकोटालेले छाडा चौपायाले पसलमा राखिएका फलफूल तरकारी र खाद्यान्नका सामानहरू खाएर नष्ट गरिदिने बताइन । उनले छाडा चौपाया बस्ती भित्र पस्ने, घर आँगमा हुल हुज्जत गर्ने रातीको समयमा कराउने तथा जथाभाबी सडकमा बस्ने गरेको बताइन । सडकमा हिँड्ने छाडा चौपायाका कारण दुर्घटनाको जोखिम समेत बढको स्थानीयको भनाइ छ ।

attariya hospital

गोदावरी नगरपालिका – २ तेघरीकी सरस्वती जोशीले छाडा चौपायाका कारण कृषि खेती गर्न नै छोड्नुपर्ने अवस्था आएको बताइन । ‘खेती गरेर घाटा मात्रै हुने भएपछि किसानहरू निराश हुँदै खेतीबाट टाढिँदै गएका छन्’ उनले भनिन ‘यसले दीर्घकालीन रूपमा स्थानीय खाद्य उत्पादनमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ ।’

navjiwan hospital

छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाले गौशाला बनाउने, चौकीदार राख्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको स्थानीय भनाइ छ ।

स्थानीय बासिन्दा बलबहादुर ओलीका अनुसार चौकीदार राखिएको भए पनि बाली जोगाउन किसानहरू स्वयंले रात बिरात जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । ‘चौकीदार हुँदा पनि गाईबस्तु धपाउन हामी रात भरी खेत कुरेर बस्नुपर्छ’ उनले भनिन् ‘रातभर जाग्राम बस्दा शारीरिक थकान, निद्राको कमी र मानसिक तनाव बढ्दै गएको छ ।’

स्थानीयका अनुसार छाडा पशु चौपायाको समस्या नयाँ होइन, तर पछिल्लो समय झनै नियन्त्रण बाहिर गएको छ । स्थानीय बासिन्दाहरूले गोदावरी नगरपालिका पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म दीर्घकालीन र व्यवहारिक समाधान नआएको बताएका छन् ।

व्यवस्थित गौशाला निर्माण, पशु खुला छाड्ने व्यक्तिलाई जिम्मेवार बनाउने नीति तथा निरन्तर अनुगमन र नियन्त्रण अभियान आवश्यक रहेको स्थानीयको भनाई छ ।