खाेज्नुहाेस

मजगाउँमा गोदावरी नगर स्तरीय थारु माघ महोत्सव सुरु

Image

अत्तरिया –कैलालीको गोदावरी नगरपालिका– ८ स्थित मजगाउँमा गोदावरी नगर स्तरीय थारु माघ महोत्सव २०८२ सुरु भएको छ ।  संस्कृति संरक्षण, स्थानीय पर्यटन तथा आधुनिक कृषि प्रवद्र्धनका लागि एकजुट हौँ भन्ने मूल नाराका साथ थारु कल्याण कारिणी सभा, वरघर भलमन्सा गोदावरी नगर समिति, मजगाउँ थारु सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबले संयुक्तरुपमा आयोजनामा महोत्सव सुरु भएको हो ।

महोत्सवको सोमबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले उद्घाटन गरेका थिए ।

attariya hospital

मजगाउँ थारु सङ्ग्रहालय परिसरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखेका छन् । महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु सङ्ग्रहालयको अवलोकनको व्यवस्था रहेको छ ।

navjiwan hospital

माघ १४ गतेसम्म चल्ने महोत्सवमा थारु परिकार, कृर्षि उपज, स्थानीय उत्पादन लगायतका स्टलहरू रहेका छन् ।

थारु कल्याण कारिणी सभा गोदावरी नगर समितिले २०६७ सालदेखि माघ महोत्सवको आयोजना गर्दै आएको छ ।