धनगढी – कैलालीको धनगढीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका– १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन् ।

आइतवार कुटपिट गर्दा गम्भिर घाईते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कुटपिट गर्ने सतिङलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

















