खाेज्नुहाेस

कल्प पाठशालाको १६औ वार्षिकोत्सव सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको कल्प पाठशालाको १६औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच विद्यालयले सरस्वती पुजाका साथै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी रहेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यालयको नेतृत्व राम्रो भएमात्रै विद्यालय सफल बन्न सक्ने बताए ।

attariya hospital
navjiwan hospital

उनले आफूले करिब ३० वर्ष शिक्षा क्षेत्रमा काम गरेको बताउदै नेतृत्व राम्रो नभएर असफल भएका विद्यालयहरु समेत देखेको बताए । कल्प पाठशालाले राम्रो नेतृत्व पाएको बताउदै उनले नेतृत्वले विद्यालयको शैक्षिक र नैतिक गुणस्तरलाई माथी उकास्न सफल भएको बताए । उनले विद्यालयले नैतिक शिक्षालाई विशेष जोड दिएको आफूले पाएको समेत बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष गणेश जिमि साउँदले विद्यालयले शिक्षाको गुणस्तरलाई मात्रै नभई नैतिक शिक्षालाई पनि ध्यानमा दिने गरेको बताए । उनले समाजमा नैतिक बालबालिका उत्पादन गर्ने र विभिन्न संस्कारहरु सिकाउने काम पनि विद्यालयका तर्फबाट भैरहेको बताए । त्यसबाहेक विद्यालयले समाजमा रहेको शारिरीक रुपमा अपांगता भएका, असहाय, अनाथ एवम् आर्थिक रुपमा विपन्न ६० वटा बालबालिकाहरुलाई निःशूल्क अध्यापन गराउदै आएको उनले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । त्यसबाहेक विद्यालयका पुर्व समितिका पदाधिकारी तथा उत्कृष्ट अभिभावकहरुलाई समेत कार्यक्रममा सम्मानित गरिएको थियो ।