अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूले सरस्वती पूजा गरेका छन् । शुक्रबार अत्तरिया क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुका साथै पुस्तकालयले समेत सरस्वती पुजा गरको हो ।

अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालय, दुर्गालक्ष्मी नमुना मावि, ज्ञानज्योती स्कुल, किड्स जोन, प्लानेट भिटि मन्टेश्वरी, सुनगाभा मोडेल स्कुल, कल्प पाठशाला लगायतका सामुदायिक र संस्थागत विद्यालयहरुले सरस्वती पुजा गरेका छन ।

विद्यालयहरूले विद्यालयमै सरस्वतीको फोटो तथा प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुका साथै विभिन्न साङ्गीतिक कार्यक्रम पनि आयोजना गरेका छन् । सरस्वती पूजा कार्यक्रममा अभिभावकहरूको पनि सहभागिता रहेको थियो ।
















