खाेज्नुहाेस

लागू औषध सहित गोदावरीका ३ जना पक्राउ 

Image
अत्तरिया – कञ्चनपुरको बेलौरीबाट लागू औषध सहित कैलालीको गोदावरीका ३ जना पक्राउ परेका छन् । बुधवार राती बेलौरी नगरपालिका – ८ बुढीयाघाटबाट गोदावरी नगरपालिका – १ विजयनगरका २२ वर्षीय पारस पार्की, २८ वर्षीय केशव कुञ्जेडा र २५ वर्षीय रोहित कामी पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
शंका लागि चेकजाँच गर्दा पारसको साथबाट ८१० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूलाई प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
यस्तै धनगढी उपमहानगरपालिका –  १ वसन्त टोलबाट  स्थानीय १८ वर्षीय कृष्ण चौधरी पक्राउ परेका छन् । उनको साथबाट ४१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको हो ।