खाेज्नुहाेस

लोटस आई स्कुलद्वारा सफल अभिभावकत्व सम्बन्धी कार्यशाला

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आइ माध्यमिक स्कुलले सफल अभिभावकत्व सम्बन्धी कार्यशाला आयोजना गरेको छ । सोमबार स्कुलले धनगढीको स्वराई प्यालेसमा कार्यशालाको आयोजना गरेको हो ।
नेपालका चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले प्रशिक्षण दिएको कार्यशालामा कसरी असल अभिभावक बन्ने, आफ्ना बालबालिकाको कसरी संरक्षण गरेर हुर्काउने भन्ने विषयमा जानकारी दिइएको थियो ।
attariya hospital
विद्यालयका संस्थापक गिरी राज कडायतले मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले देशभरिका २३ हजार विद्यालयमा अभिभावकहरूलाई गुड प्यारेन्सको ट्रेनिङ दिएको बताए । उनले लोटस आई स्कुलले २ वर्ष अघि पनि सफल अभिभावकत्व सम्बन्धी कार्यशाला आयोजना गरेको बताउँदै यसलाई निरन्तरता दिएको बताए ।
navjiwan hospital
उनले बालबालिकाको चौतर्फी विकासका लागि आमाबुवाको ठुलो भूमिका हुने बताए । ‘बच्चाहरूको लालन पालनको लागि आमाको माया, बुवाको सङ्घर्ष धेरै ठुलो कुरा हुन्छ’ उनले भने ‘उमेर अनुसार बच्चाले आमाबुबाको भूमिका बुझ्ने बताउँदै सो क्रममा आमाबुवाको ठुलो भूमिका हुन्छ ।’
उनले बालबालिकालाई खराब भन्ने आमाबुवा मूर्ख भएको बताउँदै आमाबुवाकै गुण बालबालिकामा जाने भएकाले बालबालिकालाई दोष देखाउन नहुने बताए ।
स्कुलका प्रिन्सिपल मान बहादुर ऐरले विद्यालयले मात्रै बालबालिकाको विकास गर्न नसक्ने भएकाले सरोकारवाला सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘हामीले नानीबाबुलाई विद्यालय पठाएका छौ । कापिकलम किनिदिएका छौ भन्ने मात्रै सोच्ने हो भने विद्यार्थीको भविष्य त्यति उज्ज्वल हुन सक्छ जस्तो मलाई लाग्दैन’ उनले भने ‘विद्यार्थी भनेका काँचो माटो हुन । विद्यार्थीलाई जस्तो किसिमको सेप दिन चाह्यौ त्यस्तै बन्छ ।’ उनले अभिभावकले विद्यालयमा आएर आफ्ना नानीबाबुका समस्याका बारेमा जानकारी लिन आवश्यक रहेको बताए ।