खाेज्नुहाेस

बाह्रदेउ ज्यावन समाज कैलालीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा जय बहादुर धामी

Image

अत्तरिया– बाह्रदेउ ज्यावन समाज कैलालीको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न समाजको छैठो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले जय बहादुर धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

navjiwan hospital

अधिवेशनले धामीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा नरेश बोहरा, उपाध्यक्षमा जसमल बोहरा, सचिवमा नरदीप धामी, कोषाध्यक्षमा सुस्मा केसी र सहसचिवमा अर्जुन बोहरा चयन भएका छन ।

attariya hospital

त्यस्तै सदस्यहरुमा जसविर बि.क, विस्मती धामी, मोहन बोहरा, पानसरा कुमारी जाग्री, गगन धामी, जगत धामी, हर्क धामी, भान ब. ठगुन्ना र लाल बहादुर धामी चयन भएको निर्वाच समितिले जनाएको छ ।
नयाँ चयन भएको कार्यसमितिको शनिबार नै सपथ ग्रहण गरिएको निर्वाचन समिति संयोजक कृष्ण बहादुर धामीले जानकारी दिए ।