अत्तरिया– बाह्रदेउ ज्यावन समाज कैलालीको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच समाजको छैठौँ साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. डबल बहादुर धामी रहेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


सभामा समाजका उपाध्यक्ष नरेश बोहराले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका सचिव अथक कुमार धामीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समाजका वरिष्ठ उपाध्यक्ष जय बहादुर धामीले गरेका थिए ।

















