अत्तरिया– अत्तरिया जेसिज वर्ष २०२६ को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न अत्तरिया जेसिजको १४औ साधारण सभा तथा शाखा अधिवेशनले बम बहादुर बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा शान परियार र टेक खड्कालाई चयन गरेको छ । निर्वाचन अधिकृत प्रकाश मल्लका अनुसार साधारण सभाले उपाध्यक्षमा चिरञ्जिवि भट्ट, दुर्गादत्त पन्त, भुपेश कुमार महरा र अशोक खड्कालाई चयन गरेको छ । यस्तै समितिको कानुनी सल्लाहकारमा कानुनी सल्लाहकारमा अनिष सिँह, महासचिवमा प्रेमा पाठक भण्डारी र कोषाध्यक्षमा केशव भट्ट चयन भएको मल्लले बताए ।

जेसिजले प्रत्येक वर्ष साधारण सभामा नयाँ कार्यसमिति चयन गर्ने गरेको छ । एक वर्षे कार्यावधि मात्रै भएको अत्तरिया जेसिजले विगत देखी नै युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागी कार्य गर्दै आएको छ ।













