खाेज्नुहाेस

गोदावरी बहुउद्देश्यिय सहकारीको सातौ वार्षिक साधारण सभा : २ करोड हाराहारी कारोबार

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको गोदावरी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष नैन सिँ कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि संस्थाकी संस्थापनकालकी शेयरसदस्य निर्मला भट्ट रहेकी थिईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सभामा संस्थाको वार्षिक प्रगती विवरण संस्थाका अध्यक्ष कार्कीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गणेश महराले प्रस्तुत गरेका थिए ।

attariya hospital
navjiwan hospital

२०७५ असोजमा दर्ता भएको सहकारीले विस्तारै आकार फैलाउदै गएको छ । ७ वर्ष अघि गोदावरी आधुनिक कृषि सहकारी संस्था लिमिटेड नाम गरी सञ्चालनमा ल्याईएको उक्त सहकारी २०७९ चैत २० गतेबाट गोदावरी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड नाम दिईएको थियो । स्थापनाताका ८ लाख ७५ हजारबाट कारोबार सुरु गरेको सहकारीले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म २ करोडको हाराहारीमा कारोबार गरिसकेको छ । संस्थाले सो अवधीमा १ करोड ९८ लाख ६५ हजार २४० रुपैयाको कारोबार गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

हाल संस्थाको शेयरपुँजी ३८ लाख ६५ हजार ८०० पुगेको छ । संस्थाको बचत अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक वर्ष ९९ लाख ५१ हजार ९२५ रुपैया बचत रहेको संस्थामा आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ८ लाख १२ हजार ३३४ रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ८४ लाख ३४ हजार २४२ रुपैया संस्थाको लगानी रहेको छ ।

संस्थाकी उपाध्यक्ष ललिता पाठकको स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव धर्म सिँ कुँवरले गरेका थिए ।