खाेज्नुहाेस

कैलालीबाट ७ फरार प्रतिवादी पक्राउ

Image
सांकेतिक फोटो

धनगढी – कैलालीबाट विभिन्न मुद्दामा फरार रहेका ७ जना पक्राउ परेका छन्। विहिबार जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरीवाना तोकिएका भजनी नगरपालिका–६ बस्ने मनिष कुमार चौधरी, सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र २० हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ बन्दिपुर बस्ने ४२ वर्षीय बिर्खबहादुर सुनार रहेका छन ।

attariya hospital

यसैगरी लागूऔषध खैरो हेरोइन मुद्दामा फरार टीकापुर नगरपालिका–१ ,ब्लक नम्बर ११ बस्ने पदम राज भण्डारी, धनगढी उपमहानगरपालिका–२ बस्ने बिक्रमबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ बस्ने हरि साउँद, गोदावरी नगरपालिका–१ बस्ने शिखा डाँगी र बर्दगोरिया गाउँपालिकापा–१ बस्ने सन्तोष बिश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।