खाेज्नुहाेस

गौशालाबाट छोडिएका छाडा गाई गोरु बजार भरी जताततै (फोटो फिचर)

Image
अत्तरिया – कैलालीको गोदावरीमा गौशालामा राखिएका छाडा गाई गोरु छोडिएपछि अहिले बजार भरी जताततै देख्न थालिएका छन् । गौशालामा गाई गोरु मर्न थालेको भन्दै केही स्थानीयले गाई गोरु गौशालाबाट बाहिर निकालेपछि अहिले अत्तरिया बजार आसपासका क्षेत्रमा जताततै देखिन थालेका हुन ।
attariya hospital
navjiwan hospital
यसरी सडकमा छाडा चौपाया आउँदा सवारी दुर्घटनाको जोखिम समेत बढेको थियो । गोदावरी नगरपालिकाले ४ महिना अघि गोदावरी नगरपालिका – ७ मा गौशाला निर्माण गरेपछि बजारमा छाडा चौपाया देखिन छोडेका थिए ।
तर, नगरपालिकाले ५० चौपाया अटाउने क्षमताको निर्माण गरेको गौशालामा १ हजार बढी गाई गोरु राखिदा दैनिक जसो मर्न थालेका थिए भने घाँस र पानीको पनि उचित व्यवस्थापन गर्न नसकेपछि स्थानीयले गौशालामा गाई गोरु तड्फिएर मर्न थालेको भन्दै बाहिर निकालेका थिए ।