खाेज्नुहाेस

गोदावरीमा १५ दिने तरकारी खेती तथा व्यवसाय विकास सहयोग तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारीले आयोजना गरेको १५ दिने तरकारी खेती तथा व्यवसाय विकास सहयोग तालिम सम्पन्न भएको छ । आसमान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो । तालिममा सहकारीमा आबद्ध २५ जना महिलाहरूको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई आइतबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर विकको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन ।

attariya hospital

कार्यक्रममा बोल्दै उनले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस किसिमका तालिम प्रभावकारी हुने बताइन । उनले महिला आत्मनिर्भर भएमा आफ्नो आवश्यकता पूरा गर्न पुरुष सँग माग्नुपर्ने अवस्था अन्त्य हुने बताइन । उनले महिलाहरूले आफ्ना आवश्यकता पुरा गर्नको लागि पुरुष सँग माग्नुपर्ने अवस्था अन्त्य गर्न र समृद्ध परिवार बनाउन उद्यमशीलतामा जोडिनुपर्ने बताइन ।

navjiwan hospital

सहकारीका अध्यक्ष कृष्ण बहादुर विकले सहकारीको उद्देश्य नै आफ्ना शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धि गर्ने रहेको आसमान नेपालले महिलाहरूलाई उद्यमशीलतामा जोड्न गरेको सहयोग प्रति धन्यावाद ज्ञापन गरे । उनले तालिम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

आसमान नेपाल प्रदेश संयोजक सुर्जन नेपाली सशक्त महिला समृद्ध नेपाल परियोजना मार्फत तालिमको आयोजना गरिएको बताए । उनले महिलाहरूलाई तरकारी खेती गरी स्वरोजगार बनाइ आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताए ।

तालिममा सहभागी किसानलाई आवश्यकताका आधारमा कृषि सामग्री सहयोग गरिने सहकारीले जनाएको छ ।

समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लगायतले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरेको थिए । कार्यक्रमको सञ्चालक सहकारीका सचिव भीम बहादुर विकले गरेका थिए ।